२०८२ भाद्र २४ गते मंगलवार
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औं जन्मजयन्ती मनाइएको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित चण्डीथानमा रहेको थापाको घर हवेली दरवार परिषरमा मंगलबार राष्ट्रिय विभूति भिमसेन थापाको जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दैँ गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले भिमसेन स्मारक संग्रहालय र भिमसेन थापा पार्कलाई ऐतिहासिक एवम पर्यटकीय नगरी बनाउन थप पहल गर्नुपर्नेमा जोड दिए। उनले वडा नम्बर ८ का ५० जना जेहेन्दार बिधार्थीहरुलीई झोला र पठन सामाग्री पनि वितरण गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष अमृतादेवी वस्ती, प्रमुख प्रशासकीय अधिकृत– चित्र बहादुर अधिकारी, वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाले असार १४ गते बसेको बैठकले भीमसेन थापाको जन्मजयन्तीको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको नामकरण नै राष्ट्रिय विभूति भीमसेन थापाको नाममा राखिएको भएकाले गाउँपालिका भित्र थापाको उच्च सम्मानमा सार्वजनिक विदा दिइएको हो ।
सार्वजनिक विदाको दिन पालिकामा सबै कार्यालय, विद्यालय, स्वास्थ संस्थाहरुसंग बन्द गरिएको थियो । थापाको पुख्र्यौली घर हेवली दरवार पूर्णरुपमा भग्नावशेष अवस्थामा रहेको छ । गएको बर्ष हेवली दरवार परिषर्मा थापाको शालिक निर्माण गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij