Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सुन प्रकरण : संसदमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउने एमालेको तयारी

सुन प्रकरण : संसदमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउने एमालेको तयारी


  • 2.5K
    Shares

    सुन प्रकरण : संसदमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउने एमालेको तयारी
    images

    काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि संसदमा प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने एमाले प्रमुख सचेतक पदम गिरीले  जानकारी दिए । 

    गिरीले भने– ‘संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा मध्यान्ह १२ बजे बस्ने संसदीय दलको बैठकले निर्धारण गर्नेछ । क्विन्टल सुन तस्करीमा गृह प्रशासन र अर्थमन्त्रालयका कर्मचारीको संलग्नता प्रष्ट देखियो । 

    भन्सारका कर्मचारी र प्रहरीको संलग्नता देखियो । सामान्य कर्मचारीको मात्र संलग्नता हैन भन्ने हाम्रो भनाई हो । यसको जिम्मेवारी मन्त्रीहरुले लिनैपर्छ । यी विषय लिएर हामी संसदमा प्रस्तुत हुन्छौँ ।’

    एमालेले उठाएको कुरालाई सरकारले कसरी लिन्छ भोलि र पर्सिका बैठकमा एमाले सोही रुपमा प्रस्तुत हुने प्रमुख सचेतक गिरीले बताए । आज दिँउसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
     

     

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - १०:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij