Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ


  • 1.9K
    Shares

    गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ
    images

    धनगढी । सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा अनुमति विना अवैध रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

    मंगलबार स्वास्थ्य कार्यालय कैलालीसँगको समन्वयमा धनगढी उपमहानगरपालिका(३ को बोराडाँडी र ७ को देवहरियामा अनुमतिविना सञ्चालन गरिएका दुई वटा क्लिनिकका सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बोराडाँडीमा रहेको अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र देवहरियाको अभिनव हेल्थ क्लिनिककी सञ्चालक २१ वर्षीया कमला बोहरालाई पक्राउ गरिएको जानकारी दिए ।

    उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएर क्लिनिक चलाइरहेको पाइएपछि पक्राउ गरिएको डीएसपी चन्दले बताए । दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - १०:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij