Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु

अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • 2.6K
    Shares

    अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु
    images

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अधिकृतको मृत्यु भएको छ ।

    सदरमुकाम मल‌ंगवास्थित कार्यालयबाट घरतर्फ फर्किंदै गर्दा वाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो ।

    ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थलमा पुगेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - ०९:३०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij