Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टका लागि गोल्ड अवार्ड

बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टका लागि गोल्ड अवार्ड


  • 2.1K
    Shares

    बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टका लागि गोल्ड अवार्ड
    images

    काठमाडौँ । बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ । 

    आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बिएनएल (बीएनएल) लाई यो अवार्ड प्रदान गरिएको हो ।

    बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई २०२२ को लागी सोही श्रेणीमा आईक्यान (आईक्यान) द्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो। बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पोरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्दछ ।

    “बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने  ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पोरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छाँ। हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं। ”

    उक्त पुरस्कार सम्माननीय अर्थमन्त्री डा.प्रकाश शरण महतले आईक्यान द्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए।

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १७:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij