Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सशस्त्र प्रहरीद्वारा तिनाउ नदीमा फसेका ५ बालबालिकाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा तिनाउ नदीमा फसेका ५ बालबालिकाको सकुशल उद्धार


  • 2.4K
    Shares

    सशस्त्र प्रहरीद्वारा तिनाउ नदीमा फसेका ५ बालबालिकाको सकुशल उद्धार
    images

    काठमाडौँ । तिनाउ नदीमा एक्कासी बाढी आई नदीको बीच भागमा फसेका ५ जनालाई सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ।

    रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीचमा भागमा मान्छे फसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट टोली खटिएको थियो।

    नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। 

    यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहालाईपनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

    बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए। सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल उद्धार गर्न सफल भएको हो।

    यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

    सोही गाउँपालिका ६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए।

    सो बारे जानकारी पाउनासाथै नम्बर २७ गण रुपन्देहीबाट टोली परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो। यसैगरी सोही जिल्लाको बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ।

    नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो।     

     

     

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १६:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij