२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आज साउन ९ गतेदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंके ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक समूहमा नै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
शेयरको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी साउन १८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र आवेदन फाराम विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँबाट १०० रुपैयाँ भुक्तानी गरी प्राप्त गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त आवेदन साउन १९ गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ३३१ रुपैयाँ ३० पैसा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij