Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

३६ अंकले घट्यो नेप्से, २ अर्ब ९१ करोड बराबरको कारोबार

३६ अंकले घट्यो नेप्से, २ अर्ब ९१ करोड बराबरको कारोबार


  • 2.5K
    Shares

    ३६ अंकले घट्यो नेप्से, २ अर्ब ९१ करोड बराबरको कारोबार
    images

    काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

    आज होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ । मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ। २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

    घट्दो बजारमा पनि किसान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । सिटी होटल, रिभर फल्स, यूनिलिभरसहितका धितोपत्रको धेरैले मूल्य बढेको छ ।

    नबिल डिभेञ्चर, बीपीडब्लू लघुवित्त, सानिमा डिभेञ्चर, सिटिजन्स बैंक सहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई, एभरेष्ट बैंक, कुमारी बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

     

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १४:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij