२०८२ भाद्र २५ गते बुधवार
काठमाडौँ । एकैपटकमा १९ जना सचिवले अवकाश पाउने भएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा १९ विशिष्ट श्रेणी (सचिव) ले अवकाश पाउन लागेका हुन् ।
राष्ट्रिय किताबखानाले सावृजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा मात्रै २ हजार २ सय ६१ जना निजामती कर्मचारीले अवकाश पाउने भएका हुन् । जसमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा १९ विशिष्ट श्रेणी ९सचिव० ले अवकाश पाउन लागेका हुन् ।
महालेखा परीक्षकको कार्यालयमा कार्यरत उपमहालेखा परीक्षक महेश्वर काफ्ले माघ १२ गतेदेखि अवकाशमा जाने छन् । महालेखा परीक्षकको कार्यालयमा कार्यरत उपमहालेखा परीक्षक राममाया कुँवर साउन २३ गते, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायव महान्यायाधिवक्ता विश्वराज कोइराला वैशाख १७ गते, उच्च अदालत पाटनमा कार्यरत नायव महान्यायाधिवक्ता नारायण प्रसाद पौडेल पुस ९ गते, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुर्खेतमा कार्यरत प्रमुख सचिव डा गोपी कृष्ण खनाल भदौ ४ गते अवकाश हुँदै छन् ।
त्यस्तै, जल तथा उर्जा आयोग, काठमाडौंमा कार्यरत सचिव शुशिल चन्द्र तिवारी आगामी असार १३ गते, सहरी विकास मन्त्रालयमा कार्यरत सचिव रबिन्द्रनाथ श्रेष्ठ असोज ११ गते, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत सचिव दिनेश कुमार घिमिरे पुस ९ गते, वन तथा वातावरण मन्त्रालयमा कार्यरत सचिव रेवती रमण पौडेल आगामी वैशाख २८ गते अवकाश हुँदै छन्।
कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव धनराज ज्ञवाली साउन ५ गते अवकाशमा गएका छन् ।
परराष्ट्र मन्त्रालयमा कार्यरत सचिव भरतराज पौडेल आगामी मंसिर २० गते, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव दामोदर रेग्मी आगामी कात्तिक ११ गते, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा कार्यरत सचिव सुरेश अधिकारी आगामी वैशाख १७ गते अवकाश हुँदै छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव केवल प्रसाद भण्डारी चैत ११ गते, सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सचिव देव कुमारी गुरागाई फागुन २६ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव सूर्य प्रसाद गौतम फागुन ६ गते अवकाश हुँदै छन् । संघीय संसद सचिवालयमा कार्यरत सचिव पद्मप्रसाद पाण्डेय असोज २१ गते अवकाशमा जाँदै छन् ।
त्यस्तै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर माघ २९ र सर्वोच्च अदालतका सह रजिष्ट्रार नारायणप्रसाद पन्थी आगामी वैशाख १७ गते अवकाश हुँदै छन् ।
यी हुन् चालु आर्थिक वर्षमा अवकाशमा जाने २ हजार २ सय ६१ कर्मचारी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij