Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

उज्ज्वल पौडेल होटेलमा मृत भेटिएको घटना अनुसन्धानका लागि आमाछोरा पक्राउ

उज्ज्वल पौडेल होटेलमा मृत भेटिएको घटना अनुसन्धानका लागि आमाछोरा पक्राउ


  • 3.2K
    Shares

    उज्ज्वल पौडेल होटेलमा मृत भेटिएको घटना अनुसन्धानका लागि आमाछोरा पक्राउ
    images

    काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो। 

    सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका थिए। घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो। 

    ‘इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ।’

    इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला परेका हुन् पौडेलको शव होटलकाले भुइँतलामा भुइँमा लडेको अवस्थामा रहेको खड्काले बताए। 

    प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरीचौकीले जनाएको छ। राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ। 

    घटनाबारे थाहा भएपछि तत्कालै प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। रासस

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १२:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij