२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।
मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका अधिकृतले जानकारी दिए ।
प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij