२०८२ माघ १० गते शनिवार
काठमाडौं । काठमाडौंको सामाखुसीमा तीन दिनअघि बाढीले बगाउँदा बेपत्ता बालक अझै फेला परेका छैनन्। गत आइतबार साँझ काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा १३ वर्षीय साजन मगर बेपत्ता छन्।
निरन्तर खोजी भइरहे पनि आजसम्म उनको अवस्था पत्ता लागेको छैन। उनको खोजी गर्दै बिहान गोताखोर टोली चोभार खोलासम्म पुगेको छ। तर वर्षा भइरहेको र खोला धमिलो भएकाले गाह्रो भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij