Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अमेरिका लैजाने भन्दै ६० लाख लिएर विदेशमा अलपत्र पार्ने युवक पक्राउ 

अमेरिका लैजाने भन्दै ६० लाख लिएर विदेशमा अलपत्र पार्ने युवक पक्राउ 


  • 2.4K
    Shares

    अमेरिका लैजाने भन्दै ६० लाख लिएर विदेशमा अलपत्र पार्ने युवक पक्राउ 

    काठमाडौँ । अमेरिका लैजाने भन्दै विभिन्न देशमा पुर्‍याएर अलपत्र बनाउने कलम तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनले अमेरिका लैजाने लोभलालचमा पारी ६० लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ।

    पोखरा घर भई काठमाडौंको गुहेश्वरी बस्ने तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। उनीविरुद्ध चारजनाले जाहेरी दिएको ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताए। 

    अमेरिका लैजाने भन्दै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस,  जाम्बिया लगायतका देशमा पुर्‍याई अलपत्र पारी थप रकम मागेको जाहेरीमा छ।

    विभिन्न देश पुगेर फर्किएका युवाहरूले प्रहरीमा उजुरी दिएका छन्। उनले चार पीडितसँग दुई करोड २६ लाख २३ हजार लिएको प्रहरीले जनाएको छ। यसमा संगठित गिरोह रहेको र त्यसउपर विस्तृत अनुसन्धान हुने एसएसपी श्रेष्ठले बताए ।
     

     

     

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १६:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij