Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कोका-कोला इन्डियाले गर्यो बथिजालाई भाईस प्रेसिडेन्टमा नियुक्त 

कोका-कोला इन्डियाले गर्यो बथिजालाई भाईस प्रेसिडेन्टमा नियुक्त 


  • 2.0K
    Shares

    कोका-कोला इन्डियाले गर्यो बथिजालाई भाईस प्रेसिडेन्टमा नियुक्त 
    images

    न्यु दिल्ली। जुलाई, २०२३ स् कोका-कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एशिया को (SWA)भाईस प्रेसिडेन्ट रूपमा नियुक्त गरेको छ। कोका-कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ, जसमा उनिले मार्केटिङ एण्ड  फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेका छन् । 

    सन् १९९९ मा अजयले हिन्दुस्तान कोका(कोला बेभरेज प्रालि (HCCBPL) र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेर यस संगठन भित्र विभिन्न भूमिका र पदहरूमा लगातार प्रगति गर्दै अगाडि बढ्दै गरेका थिए। उनी २००५ मा (SabCo) स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका  थिए। यो निर्णायक भूमिकामा, उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेशन र रुट-टु-मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए ।

    उनी कोलाजका लागि मार्केटिङ डाईरेक्टरको रूपमा भारत फर्के र शेयर अ कोक अभियानको नेतृत्व गरे। उनले सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलो पटक भारत र दक्षिणपश्चिम एशिया बजारमा ल्याएका थिए। उनले एकीकृत मार्केटिङ अभियानहरू मार्फत थम्स अप लाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए, जसको परिणाम स्वरूप उक्त ब्रान्डको लोकप्रियतामा वृद्धि भएको थियो।

    २०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा, अजयले विश्वव्यापी रूपमा द कोका-कोला कम्पनी (TCCC) भित्र बंगलादेशलाई कोका-कोलाका टप ३ बजारहरूमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम  गरेका थिए। सन् २०२० मा उनी  फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाईरेक्टर हुन पुगे, जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पङ्क्तिबद्ध रुपमा संचालन गरे, सिमलेस कमर्शियल र मार्केटिङ कार्यान्वयनमा सहजीकरण गरेका थिए र बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रान्चाइजी कोक स्टुडियो सफलतापूर्वक सुरु गरेका थिए। उनको अग्रगामी इज कुकिंग ले कोक र खानाको अनुभव प्रदान गर्ने प्लेटफर्मको साथ जस्तै कोलकाता कुकिंग संग कोका-कोलाको ब्रान्ड लोकप्रियता र उपभोक्ता संलग्नतालाई बढावा दिएको छ। 

    संकेत रे, भारत र दक्षिणपश्चिम एशियाका प्रेसिडेन्टले भन्नुभयो, "व्यवसायको बुझाइ र विकासको मानसिकताका साथ, अजयसँग व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रमाणित ट्र्याक रेकर्ड छ। हामी आशावादी छौं कि उनको असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उहाँले दक्षिणपश्चिम एशिया क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनुहुनेछ।"

    अजयले NMIMS,मुम्बईबाट मार्केटिङ म्यानेजमेन्टमा सफलतापूर्वक मास्टर्स पूरा गरेका छन्। उनले एचआर कलेज अफ कमर्स एन्ड इकोनोमिक्सबाट वाणिज्यमा स्नातक तह हासिल गरेका छन्।

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १६:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij