Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

इटालीमा सात देशका नेपालीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

इटालीमा सात देशका नेपालीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता


  • 2.4K
    Shares

    • images
    इटालीमा सात देशका नेपालीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटालीको रोममा सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई भेटेका छन् ।

    प्रधानमन्त्रीले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । 

    त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै आफुहरु साथमा रहने प्रतिवद्दता जनाए । 

    भेटवार्तामा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरुको समस्या समाधान गर्न लागिपर्ने तथा देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको बताए । 

    उनले ठुला ठुला भ्रष्टाचार र तस्करीलाई कारवाही गर्न सरकारले अठोट लिएकोले राष्ट्र निर्माणमा विदेशमा रहेका नेपालीहरुको समेत साथ आवश्यक रहेका बताएका छन् । सोमबार नै प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका छन् ।

    prachanda.webp

    prachanda itli.webp



    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १६:३१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij