Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विमानस्थलबाट बरामद भएको ६ वटा बाकसमा भेटिएन सुन

विमानस्थलबाट बरामद भएको ६ वटा बाकसमा भेटिएन सुन


  • 3.1K
    Shares

    विमानस्थलबाट बरामद भएको ६ वटा बाकसमा भेटिएन सुन
    images

    काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।

    बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने ‘सेभर’ भटिएको र त्यहाँ सुन फेला नपरेको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले  बताए । ती अधिकृत भन्छन्– ‘सोमबार बाकस खोल्दा सुन फेला परेन ।’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो ।

    असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा करिब १ सय किलो सुन भेटिएको छ । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । बरामद सुनको यकिन तौल आइसकेको छैन ।

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १५:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij