Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि

नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि


  • 2.5K
    Shares

    नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि
    images

    काठमाडौँ । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित ५ उपाधि नेपाल भित्र्याउन सफल भएका छन् ।

    मनिलामा सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शीर्ष उपाधि जित्दा लावेन लिम्बुले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’को शीर्ष उपाधि हात पारिन् । यही प्रतियोगीता अन्तर्गत दर्शना संग्रौला फष्ट रनरअप भएकी छन् ।

    त्यस्तै सोकी कार्यक्रममा आयोजित ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा रिदिमा नेपाल फष्ट रनर अफ उपाधि जित्दा प्रतियोगितामा श्रृजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेशनल’ सबटाइटल प्राप्त गरिन् ।

    प्रतियोगितामा सहभागी सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका बिभिन्न सौन्दर्य प्रतियोगीताका विजेता रहेका थिए । उनीहरूलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजु आफैले लिएर सहभागी थिए । प्रतियोगितामा थुप्रै देशको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा नेपाली बालबालिकाले प्राप्त गरेको उपाधि नेपालको लागि ठुलो उपलब्धि भएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए ।

    ‘प्रतियोगितामा सहभागीले नेपालका बिभिन्न कल्चर, भेसभुसा चिनाउनुको साथै उपाधिले नेपालको नाम पनि उँचो बनाएका छन्’, फैजुले थपे ‘यस्ता बालबालिकालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्छ ।’ प्रतियोगितामा संस्कृति, भेसभुसा प्रदर्शनको अलवा नेपालको पर्यटनको प्रवर्द्धन समेत कार्यक्रमबाट भएको फैजुको धारणा रहेको छ ।

    सबै प्रतियोगी तीन महिने विभिन्न प्रशिक्षणसहित प्रतियोगीमा सहभागी भएका थिए । जसमा फैजुले ग्रमिङ, नृत्य निर्देशक संयुक्त स्थापितले नृत्य र फेसन डिजाइनर श्रीषा बैदारले फेसन सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रतियोगी कार्यक्रममा फेसन डिजाइनर श्रीषा बैदारले तयार गरेको पहिरनमा सजिएका थिए । विजेता सबै बालबालिका आइतबार साँझ नेपाल फर्किएका छन् ।

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १५:१८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij