२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौँ । सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ अकबरपुरका ३५ वर्षीय रामरूप खङ रहेका छन् । ३० वर्षीया पार्वतीदेवी खङको हत्या गरेको आरोपमा उनलाई आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा उनीहरूबीच झगडा हुँदा रामरूपको कुटपिटबाट पार्वती गम्भीर घाइते भएकी थिइन् । पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij