२०८२ कार्तिक २८ गते शुक्रवार
काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ ।
आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरूलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाइएको छ ।
महासंघका अनुसार भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
झन्डै दुई साता देखी आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरू पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij