२०८२ भाद्र २५ गते बुधवार
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ। गत राति खसेको पहिरोले घर पुरिदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षका छोरा रिजन जागरीको मृत्यु भएको हो ।
अञ्जुका श्रीमान् गोब्बर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । स्थानीय र प्रहरीले गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको चौधरीको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij