Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली ३ बजे दिल्ली जाँदै

माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली ३ बजे दिल्ली जाँदै


  • 2.6K
    Shares

    माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली ३ बजे दिल्ली जाँदै
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् ।

    जसमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी छन् । आज दिउँसो ३ बजे दिल्ली जाने भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवले बताए ।

    भाजपा र माओवादी केन्द्रको ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्न भुसाल सहितको टोली भारत जान लागेको हो । भुसाल नेतृत्वको टोलीले दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन गर्ने भएको छ । 

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - १०:४४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij