२०८२ माघ ११ गते आइतवार
रुपन्देही । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ।
नेपाली कांग्रेस बुटवलको लामो समयसम्म सभापति रहेका खनालको उपचारको क्रममा तिनाउ अस्पतालमा गए राती निधन भएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए । शलिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हालेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij