Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

महामन्त्री थापाको प्रतिवेदन एनजीओको जस्तो, यसरी कांग्रेस चल्न सक्दैन : आरजु राणा

महामन्त्री थापाको प्रतिवेदन एनजीओको जस्तो, यसरी कांग्रेस चल्न सक्दैन : आरजु राणा


  • 2.0K
    Shares

    महामन्त्री थापाको प्रतिवेदन एनजीओको जस्तो, यसरी कांग्रेस चल्न सक्दैन : आरजु राणा
    images

    काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनलाई एनजीओको कार्यपत्र जस्तो भनेकी छन्। 

    सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा राणाले महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदन कुनै एनजीओ/आइएनजीओको प्रतिपद्धता पत्र वा कार्यपत्र जस्तै रहेको टिपणी गरेकी हुन्।

    ‘कांग्रेस देशको एजेण्ड सेट गर्ने पार्टी हो। कांग्रेसले देशको राजनीति कस्तो हुने ? अर्थतन्त्र कस्तो हुनेदेखि समाज कस्तो हुने जस्ता कुराहरु देखाउनु पर्छ। तर महामन्त्रीले पेश गरेको प्रतिवेदन हेरेर म अचम्मित भएँ’, उनले भनिन्, ‘प्रतिवेदनमा त्यस्तो दीर्घकालिन प्रभाव पार्ने र पार्टी हाँक्ने कुनै विषय भेटिन। यो त एनजीओको कार्यपत्र जस्तो भयो, धेरै कुरा भन्ने तर काम केही नहुने। कार्यक्रमको उपलब्धि के हो ? कार्यक्रम थोरै राखौँ तर त्यसलाई पूरा गरौँ।’ 

    आरजुले पार्टीका नेताहरु मन्त्री तँछाडमछाड गर्ने तर मन्त्रालयको काम कसरी हुन्छ भन्ने नबुझ्ने रहेको पनि बताइन्। ‘काम कसरी गर्ने भन्ने कुरा बाहिर बस्दा पनि सिक्नु पर्ने हो। घोषणा पत्रसँग सरकारको सम्बन्ध पनि देखिँदैन’, उनले भनिन्, ‘पार्टी सदस्यको नम्बर बढाएर केही हुँदैन। बरु वरिन्टेसन कार्यक्रम पनि गरौँ।’

    उनले आफ्नो पार्टीलाई खुला रुपमा आलोचना गर्ने काम छोड्नुपर्ने बताउँदै डराएर बस्नेहरु मैदान छोडेर जाँदा हुने बताइन्। आरजुले समानुपातिकाबाट आएका महिलाहरुले ओगटे भन्ने आरोपको प्रतिवाद गर्दै प्रत्यक्षको टिकट दिएर देखाउन पनि चुनौती दिइन्। प्रत्यक्षको टिकट दिन कन्जुस्याइँ नगरेर आफूहरु चुनाव लड्न तयार रहेको उनको भनाइ थियो।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १२:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij