Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

नेपाली कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


  • 2.9K
    Shares

    नेपाली कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

    सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ ।

    अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए । उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रो दाबी पनि गरे ।

    ‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरर्गत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । 

    दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

    दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १२:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij