Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

काठमाडौं र ललितपुरका यी स्थानमा भोलि शनिबार बत्ती जाने

काठमाडौं र ललितपुरका यी स्थानमा भोलि शनिबार बत्ती जाने


  • 2.9K
    Shares

    काठमाडौं र ललितपुरका यी स्थानमा भोलि शनिबार बत्ती जाने
    images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् भोलि दिउँसो बन्द हुने बताएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि  विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो । 

    प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ ।” 

    प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८:३० बजेदेखि दिउँसो ४:३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

    सूचनामा थप भनिएको छ “टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।” 

    kathmandu and lalitpur.webp

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - ०९:३१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij