Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो

बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो


  • 4.7K
    Shares

    बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो
    images

    काठमाडौँ । बुधबार समातिएको झन्डै एक क्विन्टल बराबरको तस्करीको सुन बिहीबार टक्सार महाशाखा लगिएको छ । कडा सुरक्षाकाबीच राजश्व अनुसन्धान विभागको टोलीले सुनलाई टक्सार महाशाखा लगेको हो । 

    आठ वटा बाकसमा रहेको उक्त सुनलाई महाशाखामा तौल गरिनेछ ।  बुधबार हङकङबाट ‘ब्रेक शू’ मा लुकाएर ल्याएको सुन भन्सार जाँचपछि बाहिरिने क्रममा विभागले नियन्त्रणमा लिएको थियो । 

    सुन तस्करीमा संलग्न रहेको आशङ्कामा अहिलेसम्म चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपि उक्त सुन कसले ल्याएको हो भन्ने यकिन विवरण अझै खुलिसकेको छैन ।

    2.jpg

    1.JPG

    3.jpg

    sun taskar.JPG

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १४:०३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij