Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन

प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन


  • 2.3K
    Shares

    प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन

    काटमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनुमानित १०० किलो सुन भन्सार पास भएर छुट्यो। मोटरसाइकलको ब्रेक सुल भनी जाँचपास भएको  वस्तु सुन रहेको भन्दै राजश्व अनुसन्धान विभागले समात्यो। 

    प्रज्ञापन पत्रमा ब्रेक सुल भनिएको वस्तु करिब १ सय केजी सुन रहेको भन्दै राजश्व अनुसन्धान विभागको टोलीले समातेको छ। उक्त प्रकरणमा ४ जना पक्राउ पनि परेका छन्।

    भन्सार जाँचपास हुँदा कागजात मात्रै हैन वस्तुको पनि जाँच हुन्छ। तर ठूलो परिमाणको सुन कसरी त्रिभुवन विमानस्थल भन्सारबाट छुट्नु पछाडि भन्सार अधिकृत र प्रहरीकै तस्करसँग मिलेमतो भएको खुलेको छ।

    भन्सार विभागसहितको टोलीले गरेको अनुसन्धानबाट भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमै सुन छुट्ने गरेको प्रारम्भिक निष्कर्ष निस्किएको छ। सुन तस्करसँग भन्सार कर्मचारीकै साँठगाँठ देखिएपछि विभागले २ जना कर्मचारीलाई निलम्बन समेत गरिसकेको विभागका एक अधिकारीले जानकारी दिए।

    उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द र एक नायव सुब्बालाई विभागले निलम्बन गरेको छ। स्रोतका अनुसार सुरुमा तस्करको मिलेमतो प्रहरीसँग भएको देखिन्छ। 

    प्रहरीपछि भन्सार कर्मचारीसम्म ती तस्कर पुगेको स्रोतले बताएको छ । मिलेमतोको आधार हेर्न हो भने सुन तस्कर सरुमा प्रहरीकहाँ पुगेको देखिन्छ, प्रहरी हुँदै मिलेमतो गर्ने कुरा भन्सारका कर्मचारीसम्म आएको देखियो।’

    प्रहरी हुँदै भन्सारका कर्मचारीसम्म मिलेमतो भएपछि सुन छुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोतले बताएको छ। पक्राउ परेकाहरूको बयानका आधारमा थप अनुसन्धान अघि बढाइने राजश्व अनुसन्धन विभागले जनाएको छ। भन्सार विभागले पनि उक्त प्रकरणमा सहयोग गर्ने प्रतिवद्धता गरेको राजस्वका कर्मचारीले बताएका छन्।

    भन्सार विभाग र राजस्व स्रोतले दिएको जानकारी मिलेको देखिन्छ। दुवैले प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा तस्करले सहजै सुन भित्र्याइरहेको देखिएको छ।

    विगत एक महिना यता निरन्तर करिब १ क्विन्टल बराबर सुन त्रिभुवन विमानस्थलबाट भित्रिरहेको सूचनाको आधारमा बुधबार राजस्वले अपरेसन गरेको थियो।

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १०:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij