Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन

सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन


  • 2.9K
    Shares

    सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
    images

    काठमाडौँ । सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ ।

    राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो । उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ ।

    निलम्बित नायब सुब्बाको भने नाम खुल्न बाँकी छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । सुनको परिमाण एकिन गर्ने भने बाँकी छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - ०९:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij