Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सेनाको संख्या कटौतीको बहस रहस्यमय छ: राप्रपा

सेनाको संख्या कटौतीको बहस रहस्यमय छ: राप्रपा


  • 2.5K
    Shares

    सेनाको संख्या कटौतीको बहस रहस्यमय छ: राप्रपा

    काठमाडौँ । राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’ को संज्ञा दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार जारी गरेको विज्ञप्तिमा  कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने उल्लेख छ । 

    योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको लिङ्देनको विज्ञप्तिमा उल्लेख छ । 

    ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन ।’

    सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न राप्रपाले आह्वान गरेको छ । 

     

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १७:२२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij