Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना

भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना


  • 2.2K
    Shares

    भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना

    बुटवल । भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै ट्रक दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा आज बिहान दुर्घटनामा भएको हो। 

    पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट खसेको हो। भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

    जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीर बहादुर वालीले घाइते चालक रुपन्देहीका ३७ वर्षका वसन्त लोहनियालाई उपचारको लागि नेपालगन्ज पठाएको बताए । सहचालक भने निस्किन सफल भए। 

     

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - ०९:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij