Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानमा ‘डिले’, गठन गरियो छानबिन समिति

नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानमा ‘डिले’, गठन गरियो छानबिन समिति


  • 2.6K
    Shares

    नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानमा ‘डिले’, गठन गरियो छानबिन समिति
    images

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो । 

    उक्त समितिमा सदस्य सचिवको रूपमा अर्का निगमकै निर्देशक पोशक ज्ञवाली रहेका छन् । आवश्यकताका आधारमा उक्त उपसमितिले अरू सदस्यलाई समेत आमन्त्रण गर्न सक्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

    सोमबार बेलुका ८ बजे १५८ जना यात्रु बोकेर मलेसिया उडेको वायु सेवा निगम ९ एन–एकेडब्लू जहाज मंगलबार काठमाडौँ फर्किने बेला ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको छ । जहाज १७६ यात्रुसहित बिहान ९: १० बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने सेड्युल रहे पनि अक्सिजनको अभावमा डिले हुन पुगेको छ ।

    अक्सिजनको जोहो गरेर जहाज आजै बेलुका ३ बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने प्रवक्ता पौडेलले जानकारी दिएका छन् । तर, जहाजमा भएको के हो ? घटनाको यथार्थ जाँचबुझ गर्न मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको उनले जानकारी दिए ।

    उडान प्रभावित जहाज चरा ठोकिएर ग्राउण्डेड भएको एक हप्तापछि हिजो मात्र मर्मत पश्चात् मलेसियाको उडान भरेको थियो । भारतको बैंगलोरबाट प्राविधिक झिकाएर जहाज मर्मत गरेर बेलुका ८ बजे १५८ यात्रु बोकेर जहाज क्वालालम्पुर उडेको थियो । 



    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १२:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij