Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मन्त्री रिजाल द्वारा नेपालकै दोस्रो ठुलो डिजेल भण्डारण गृह निर्माणको उद्घाटन

मन्त्री रिजाल द्वारा नेपालकै दोस्रो ठुलो डिजेल भण्डारण गृह निर्माणको उद्घाटन


  • 2.6K
    Shares

    मन्त्री रिजाल द्वारा नेपालकै दोस्रो ठुलो डिजेल भण्डारण गृह निर्माणको उद्घाटन

    पोखरा । नेपाल आयल निगमले १० हजार किलो लिटर डिजलको भण्डारण गृह निर्माण सम्पन्न भएको छ ।

    सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजना अन्तर्गतको भण्डारण गृह तथा अग्नी सुरक्षा संयन्त्र निर्माणको समुद्घाटन गरेका छन् ।

    समुद्घाटन गरिएको डिजलको भण्डारण गृह नेपालको नै दोस्रो ठूलो भण्डारण गृह भएको छ । उक्त भण्डारण वि.स २०५८ सालदेखि निर्माण कार्य सुरु भएको हो । सो भण्डारण निगमको आफ्नै लगानीमा निर्माण भएको हो । जसको सोमबारदेखि औपचारिक सुरुवात भएको छ ।

    गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौंडामा रहेको छ । उक्त डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको छ ।

    c6adf2cf-ba86-4df0-b0e8-12bd11e7305c.jpg

     

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १५:४७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij