२०८२ कार्तिक २९ गते शनिवार
विराटनगर । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ ।
सप्तकोशी किनारमा युवतीहरूको समूहले किशोरीहरूको अर्को समूहमाथि निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।
अरू चारजना फरार रहेको र उनीहरूको खोजी भइरहेको राईले जानकारी दिए । गत शुक्रबार सप्तकोशी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँचजना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गनुहोस्
https://www.facebook.com/kantipurtvhd/videos/258715640223261
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij