Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

बसको ठक्करबाट दाजुको मृत्यु, भाइको अवस्था गम्भीर

बसको ठक्करबाट दाजुको मृत्यु, भाइको अवस्था गम्भीर


  • 2.1K
    Shares

    बसको ठक्करबाट दाजुको मृत्यु, भाइको अवस्था गम्भीर
    images

    पोखरा । कास्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    पोखराबाट लमजुङ बेशीँ शहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले सोमबार कास्कीको रुपा गाउँपालिका पोल्याङमा ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

    लमजुङको मध्य नेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

    मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते भएका छन् । जितेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ छ ।

    मृत्यु भएका विवेक र घाइते भएका जितेन्द्र दाजुभाइ हुन् । बस चालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १३:११:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij