Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

बंंगलादेशमा शृङ्खला जितेर फर्कियो महिला फुटबल टिम

बंंगलादेशमा शृङ्खला जितेर फर्कियो महिला फुटबल टिम


  • 2.4K
    Shares

    बंंगलादेशमा शृङ्खला जितेर फर्कियो महिला फुटबल टिम

    काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले छोटो समयको तयारीले साफ च्याम्पियनलाई हराउन सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

    ‘हामीले जम्मा तीन दिनको मात्र तयारी गरेका थियौँ। हामीले सुनेअनुसार बंगलादेशले डेढ महिनादेखि बन्द प्रशिक्षण गरिरहेको थियो । अहिलेको साफ च्याम्पियनलाई उनीहरूकै मैदानमा हराउनु भनेको नेपाली टोलीको सराहना गर्नै पर्छ। त्यहाँको मौसम पनि नेपाली टोलीका लागि अनुकूल थिएन’, स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रशिक्षक थापाले भने।

    उनले आगामी दिनमा नेपाली टोलीले अझ एक्सपोजर आए राम्रो परिणाम आउने अपेक्षा व्यक्त गरे। ‘अहिलेको टोली नेपाली महिला फुटबलको गोल्डेन जेनेरेसन हो। उनीहरूलाई अझ एक्सपोजर दियौँ भने राम्रो रिजल्ट आउन सक्छ’, उनले भने। 

    नेपालले बंगलादेशमा दुई वटा मैत्रीपूर्ण खेल खेलेकामा पहिलो १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो टाइब्रेकरमा जितेर शृङ्खला हात पार्न सफल भएको थियो।

    प्रशिक्षक थापाले एसियन गेम्सको तयारीका रूपमा मैत्रीपूर्ण खेल खेलेकाले यसले टिमको आत्मविश्वास बढाएको बताएका छन्।

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १२:५७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij