Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

साउनमा किन माछामासु खाइन्न ? यस्तो छ कारण

साउनमा किन माछामासु खाइन्न ? यस्तो छ कारण


  • 3.1K
    Shares

    साउनमा किन माछामासु  खाइन्न ? यस्तो छ कारण
    images

    आजदेखि साउन महिना सुरु भएकाे छ। हिन्दू धर्मावलम्बीले यो महिनालाई पवित्र मान्ने गर्छन्। भगवान शिवको आराधना गरेर साउन मनाइन्छ।

    भगवान शिवलाई समर्पित, यो महिना हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण र पवित्र मानिन्छ। हरेक साउने सोमबार उपासना बसेर धर्मावलम्बीहरू शिवको आरधाना गर्छन्। यसका साथसाथै मानिसहरूले यस समयमा धेरै नियम आदिको पालना पनि गर्छन्। यस अवधिमा धेरैले मासु परित्याग गर्छन्। कोही प्याज–लसुनबाट दुरी कायम राख्छन् भने कोही दुध–दही खान छोड्छन्।

    धार्मिक आस्थाका कारण साउन महिनामा अधिकांश मानिसहरू मांसाहारीबाट टाढा रहने केही कारण छन्। यसमा वैज्ञानिक कारण भएको विश्वास पनि उनीहरू गर्छन्।

    यस्ता छन् साउनमा मासु नखानुका फाइदा :

    -मनसुनको सुरुसँगै साउन महिना आउँछ। यस्तो अवस्थामा लगातारको वर्षाका कारण घामको अभाव हुन्छ। जसका कारण हाम्रो मेटाबोलिज्म अर्थात पाचन शक्ति कमजोर हुन्छ। यस्तो अवस्थामा हामीलाई मांसाहारी खाना पचाउन निकै गाह्रो हुन्छ र आन्द्रामा मासु सड्न थाल्छ, जसले धेरै गम्भीर समस्या निम्त्याउन सक्छ।

    -वर्षायाम धेरै जनावरहरूको लागि प्रजननको महिना हो। यो मौसममा धेरैजसो जनावरले प्रजनन गर्छन्। यस्तो अवस्थामा कुनै पनि गर्भवती जीवको सेवनले हाम्रो शरीरलाई हानी पुर्‍याउँछ। विज्ञानका अनुसार गर्भावस्थाका कारण यी जीवित प्राणीहरूको शरीरमा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्। यस्तो अवस्थामा यसको सेवनले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्छ ।

    -साउन महिनामा लगातारको वर्षाका कारण वातावरणमा विभिन्न किसिमका संक्रमण फैलिन सक्छन्। यस्तो अवस्थामा घाँस, पात आदि खाने जन्तु र जीवजन्तु यस्ता संक्रामक रोगको चपेटामा पर्छन्। जब हामी यी संक्रमित जनावरहरूको मासु खान्छौं, संक्रमित हुने जोखिम बढ्छ। 

    -आयुर्वेदका अनुसार साउन अर्थात मनसुनमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यस्तो अवस्थामा मांसाहारी वा मसालेदार खानेकुराले हाम्रो रोगप्रतिरोधी क्षमता मात्र नभई पाचनमा पनि असर गर्छ। यस्तो खाना पचाउन सजिलो हुँदैन। यसै कारण आयुर्वेदले साउन महिनामा सजिलै पच्ने हलुका खाना खाने सल्लाह दिएको छ ।

    धार्मिक कारण

    यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिको पूजन गर्ने पवित्र महिनामा अपवित्र मासु र
    रक्सी किन पिउनु ?

    जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

    वैज्ञानिक कारण

    रक्सी त जुनसुकै बेलामा पनि पिएको नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्छ यसले । साउनमा पनि किन रक्सी पिउनु त ?  अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् । बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ भन्ने चलन पनि रहि आएको छ ।

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १०:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij