२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल एसबिआई बैंक लिमिटेडलाई रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार २७ गते अनुमति दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।
अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij