२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभाले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ । बैठक अगाडि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको हो ।
उक्त कार्यसूची अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कानुनमन्त्री गुरुङले ५ असारमा राष्ट्रिय सभामा यो दर्ता गरेका थिए । राष्ट्रिय सभाले १५ असारमा दफावार छलफल गरी सोही दिन पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij