२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ । उक्त परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदश्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले यो बीमा सुविधा, सानिमा जि.आई.सि. इन्स्योरेन्स लि.सँगको सहकार्यमा गरेको हो । परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन् ।
कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij