Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपिओ प्रिमियम मूल्यमा बिक्री खुला, प्रतिकित्ता कति ?

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपिओ प्रिमियम मूल्यमा बिक्री खुला, प्रतिकित्ता कति ?


  • 2.7K
    Shares

    सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपिओ प्रिमियम मूल्यमा बिक्री खुला, प्रतिकित्ता कति ?

    काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) प्रिमियम मूल्यमा आजदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर ११ लाख २५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो । 

    १०० रुपैयाँको आईपीओमा १४४ रुपैयाँ थपेर प्रतिकित्ता २४४ रुपैयाँ पर्ने कम्पनीको आइपिओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको जारी पूँजी तीन अर्ब पचहत्तर करोडमध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ अर्ब १२ करोड ५० लाखको ५ प्रतिशत सेयर कर्मचारीलाई बिक्री गरिनेछ ।

    यस्तै, १ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर प्रिमियम मूल्यमा बिक्री गरिनेछ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । 

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - ११:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij