Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंक, कुन बैंकको कति ? (सूचीसहित)

व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंक, कुन बैंकको कति ? (सूचीसहित)


  • 2.2K
    Shares

    व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंक, कुन बैंकको कति ? (सूचीसहित)
    images

    काठमाडौं । गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुन: व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् ।

    सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न  वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।

    अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकले मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत निर्धारण गरेको हो । एनएमबीका सीईओ सुनिल केसी बैंकर्स एसोसिएसनका अध्यक्षसमेत हुन् । 

    यता प्राइम कर्मसियल बैंकले पनि १०.९३ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत दिने जनाएको छ ।

    हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत रहेको छ ।

    माछापुछ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि वकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमाथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ ।

    असारमा बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत व्याज दिइरहेका थिए । बैंकहरूले निक्षेपको व्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसै अनुसार केही बैंकहरूले साउनका लागि व्याजदर बढाएका छन् ।

    हेर्नुस् कुन बैंकको कति ?

    bank.jpg

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - ११:१९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij