Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

‘पार्ट टाइम’ काम गर्ने व्यवस्था मिलाउन सोविता गौतमको माग

‘पार्ट टाइम’ काम गर्ने व्यवस्था मिलाउन सोविता गौतमको माग


  • 2.2K
    Shares

    ‘पार्ट टाइम’ काम गर्ने व्यवस्था मिलाउन सोविता गौतमको माग
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

    आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने बताउँदै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने बताइन् । 

    उनले भनिन्–‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ ।

    पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’

    यसबारे सरकारले के तयारी गर्दैछ भनेर उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग जवाफ मागेकी छिन् ।

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १५:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij