Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त


  • 2.2K
    Shares

    सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त
    images

    काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर बिहीबारदेखि १६ बसन्त पार गरेर १७ औँ बर्षमा प्रबेश गरेको छ । १७ औँ बार्षिकोत्सवको अवसरमा  सिटी  एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ  । 

    नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने  कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र कलाकार नेपालले बिहीबार नै  काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    यसैबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा  बिहान आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्” भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।  

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १५:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij