२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । माछापुच्छ्रे क्यापिटलले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि आफ्ना हितग्राही खातावालाहरुलाई आग्रह गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९र०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
असार मसान्त अर्थात असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे, फोन पे मार्फत शुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ । तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेमा उक्त खाता रोक्का गर्ने क्यापिटलले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij