Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौं फर्कियो

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौं फर्कियो


  • 2.8K
    Shares

    भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौं फर्कियो

    काठमाडौ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एन एएनप कलसाइन भएको जहाज पुन: काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

    शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १: ५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो । सो लगत्तै २: १० बजे पुन: काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    उनले भने, ‘इन्डिकेशनमा समस्या देखिएको भनिएको छ, के भएको हो सो बारे इन्जिनियरहरुले हेरीरहेका छन् ।’ जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाले जानकारी दिए ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १४:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij