Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान


  • 2.9K
    Shares

    प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान गरेको छ । 

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिप्पर गाडी प्रदान गरेको हो ।

    आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गरेका हुन् । 

    उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत रु. ३ लाख रकम समेत उपलब्ध गराएको छ । 

    उक्त हाइड्रोलिक हपर टिपर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १७:०६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij