Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


  • 1.9K
    Shares

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ।

    बैठकको सुरूमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन्।

    त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    अन्तिममा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - ०७:४२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij