२०८२ कार्तिक २९ गते शनिवार
सोलुखुम्बु। सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए। उनीहरूको शव काठमाडौं ल्याउन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको छ भने बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको हो ।
हेलिकप्टरमा पाइलट चेतबहादुर गुरुङसहित ६ जना चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका नागरिक, स्माइल फर्नादो सिफुन्टेस गोन्जालेज, स्माइल सिफुन्टेस रिन्कोन, लुज मारिया गोन्जालेज ओलासिओ, मारिया जोस सिफुन्टेस सिफुन्टेस गोन्जालेज र अब्रिल अजेनेथ सिफुन्टेस गोन्जालेज चढेको नेपाल नागरिक उडडयन प्राधिकरणले जनाएको छ ।
३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको स्थानीयले बताएका छन । खराब मौसमका कारण हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij