Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लक्ष्मी र सनराइज बैंकले असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने

लक्ष्मी र सनराइज बैंकले असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने


  • 2.8K
    Shares

    लक्ष्मी र सनराइज बैंकले असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने

    काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज  बैंक लिमिटेडले असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने भएको छ । दुवै बैंकले मर्जर प्रक्रिया पूरा गरी असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने भएको हो । यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । 

    दुवै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने असार २४ गते दुवै कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएको थियो ।

    नेपाल धितोपत्र बोर्डले असार २५ गते पूर्वस्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुवै बैंक एक हुन लागेका हुन् । दुई बैंक एक भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गरिने छ । मर्जरपश्चात् बन्ने बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौँमा रहने कम्पनीले जनाएको छ । 

    एकीकृत कारोबार शुरू गर्न डाटा माइग्रेसन लगायतका प्रयोजनका लागि दुवै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा अबरूद्ध हुने जानकारी बैंकहरूले दिएका छन् । 

    यी दुई बैंक समान हैसियतमा एक हुन लागेका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ भन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी कायम हुनेछ ।

    एकीकृत कारोबारका दिनदेखि बढीमा १५ कारोबार दिन दुवै बैंकको शेयर कारोबार समेत बन्द रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था छ ।

    यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पूरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो । 

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १४:०४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij