Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा लिने यस्तो छ तरिका

काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा लिने यस्तो छ तरिका


  • 3.2K
    Shares

    काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा लिने यस्तो छ तरिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेको छ । मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको घोषणा गरेका थिए ।

    महानगरले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको कुरा थाहा भए पनि धेरैलाई सेवा कसरी लिन सकिन्छ भन्नेबारे राम्रो जानकारी नहुन सक्छ ।

    निःशुल्क एम्बुलेन्स सेवा कसरी लिन सकिन्छ भन्नेबारे हामीले काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलसँग गरिएको कुराकानी :

    काठमाडौ महानगरको निःशुल्क एम्बुलेन्स सेवा कसरी लिन सकिन्छ ?

    काठमाडौं महानगरपालिकाले उपलब्ध गराउँदै आएको एम्बुलेन्स सेवा लिनको लागि सेवाग्राहीले सबैभन्दा पहिले १०२ मा फोन गर्नुपर्छ । त्यसपछि बिरामीको सामान्य लक्षणहरूको बारेमा बताउनुपर्छ । बिरामीको लक्षण अनुसार नै प्राथमिक उपचार गर्ने नर्सले त्यसको तयारी गर्छन् ।

    फोन गरेको कति समयमा एम्बुलेन्स बिरामीकहाँ पुग्छ ?

    बिरामीले फोन गरेको पाँचदेखि १५ मिनेटभित्र एम्बुलेन्स बिरामी भएको ठाउँमा पुगिसक्छ । एम्बुलेन्स जान नसक्ने बाटोभित्र पुग्न केही समय लाग्न सक्छ । त्यसभन्दा बाहेक १५ मिनेटभित्र एम्बुलेन्स पुग्छ ।

    सेवाको लागि महानगरसँग कतिवटा एम्बुलेन्स छ ?

    अहिले महानगरसँग १० वटा एम्बुलेन्स उपलब्ध छ । अझ बढी सेवामैत्री हुनका लागि अरू एम्बुलेन्स थप गर्ने तयारी पनि भइरहेको छ ।

    म्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क नै हो ?

    काठमाडौं महानगरले उपलब्ध गराउने एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क हो । यो सेवाको लागि एक रुपैयाँ पनि बिरामीले तिर्नु पर्दैन । यदि कसैले एम्बुलेन्स सेवा लिएबापत पैसा तिर्नुपरेको छ भने काठमाडौं महानगरमा खबर गर्न सकिन्छ ।

    अरू एम्बुलेन्स भन्दा के फरक छ ?

    महानगरले उपलब्ध गराइरहेको एम्बुलेन्समा आधारभूत उपचार गर्न स्वास्थ्यकर्मी हुन्छन् । आधारभूत उपचारको लागि आवश्यक पर्ने अक्सिजन, प्राथमिक उपचार बक्स लगायतका सामग्री हुन्छ । जसले गर्दा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहज हुन्छ ।

    यो सेवा २४ सै घण्टा लिन सकिन्छ ?

    बिरामीले २४ घण्टा यो सेवा लिन सक्छन् । जुनसुकै समयमा १०२ मा फोन गरेर बिरामीले एम्बुलेन्स बोलाउन सक्छन् ।

    काठमाडौ महानगरबाहिरका व्यक्तिहरूले यो सेवा लिन मिल्छ कि मिल्दैन ?

    अहिले यो सेवाको लागि पहिलो प्राथमिकता भनेको काठमाडौं महानगर क्षेत्रभित्र नै हो । कतिपय अवस्थामा काठमाडौं उपत्यकाका अन्य पालिकासम्म पनि यो सेवा दिइएको छ । यदि बुढानीलकण्ठमा बस्ने व्यक्तिलाई एम्बुलेन्स आवश्यकता परेर महानगरमा फोन गरे भने सम्भव भएसम्म बुढानीलकण्ठकै एम्बुलेन्स सेवा लिने सल्लाह दिइन्छ । तर यदि बुढानीलकण्ठको व्यक्तिको रिङरोडमा दुर्घटना भयो र तत्काल एम्बुलेन्स चाहियो भने त्यहाँ एम्बुलेन्स पुग्छ ।

    काठमाडौं महानगरमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर यो सेवा उपलब्ध गराइएको हो । तर पनि आवश्यक पर्दा जुनसुकै बिरामीले यो सेवा लिन सक्छन् ।

    सबैखाले बिरामीले यो सेवा लिन सक्छन् ?

    सबै प्रकारका इमर्जेन्सी केसमा यो सेवा लिन सकिन्छ । तर कतिपय अवस्थामा त सामान्य पेट र टाउको दुखाइमा पनि आत्तिएर एम्बुलेन्स बोलाएको उदाहरण पनि छन् । जस्तो अवस्थामा पनि बिरामीले फोन गरेपछि सम्भव भएसम्म छिटो एम्बुलेन्स बिरामी भएको ठाउँमा पुग्छ ।

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १३:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij